काठमाडौँ । यात्रु खोसाखोस गरेर दुःख दिने १० जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश सिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरि भजन थापा, दोलखाकै ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ छन् ।
त्यस्तै, ट्राफिक प्रहरीले सिन्धुलीका २७ वर्षीय तिलक कुमार थापा, दोलखाका २६ वर्षीय खड्क बहादुर तामाङ, सिन्धुलीका डोरकुमार श्रेष्ठ, ओलखढुंगाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटालाई समेत पक्राउ गरेको छ ।
यात्रुलाई खोसाखोस गरेर अनावश्यक रुपमा दुःख दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्