काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१.२प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो । गत वैशाख महिनामा विप्रेषण आप्रवाह रु दुई खर्ब ५७ अर्ब ४९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ६ प्रतिशतले बढेको थियो ।
वैशाख मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । वैशाख महिनाको रेमिट्यान्स मासिक आधारमा हालसम्मकै धेरै हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्