काठमाडौँ । कैलालीमा २१ दिने ‘समुदाय विपद् स्वयमंसेवक’ तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरीबल नेपाल नम्बर ३४ गण हेडक्वाटर, कैलालीको आयोजना तथा कैलाली गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिउएको तालिम सम्पन्न भएको हो ।
तालिम जेठ १८ गतेदेखि सुरु भएको थियो । आज (असार ८ गते) समापन गरिएको उक्त कार्यक्रममा कैलाली गाउँपालिकाका अध्यक्ष राज समझ चौधरी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग विजय सुवेदी विशिष्ट अतिथि थिए ।
त्यस्तै, कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेड क्वाटर, कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी, कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामी लगायत विभिन्न वडाका वडाध्यक्ष, नेपाल प्रहरीका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

तालिममा सहभागी स्वयंसेवकहरूलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, आगलागी नियन्त्रण तथा समुदायस्तरमा विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ । त्यस्तै, तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रमका वक्ताहरूले विपद्को समयमा समुदायमै दक्ष जनशक्ति उपलब्ध हुनु आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरेका थिए । उनीहरूले प्रशिक्षित स्वयंसेवकहरूले भविष्यमा विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमले समुदायमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्