काठमाडौं । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति सभा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले राजा वीरेन्द्रको योगदानको स्मरण गर्दै दरबार हत्याकाण्डको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
स्मृति सभामा प्रतिष्ठानका प्रतिनिधिहरूले २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको २५ वर्ष पूरा हुँदासमेत घटनाको वास्तविकता सार्वजनिक हुन नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष र तथ्यपरक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।
वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो । नेपालको इतिहासमा यो घटनालाई सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक मानिन्छ । प्रतिष्ठानले उक्त दिनलाई “कालो दिन” का रूपमा औपचारिक मान्यता दिन सरकारसँग माग गरेको छ ।
कार्यक्रममा वक्ताहरूले राजा वीरेन्द्रलाई राष्ट्रवादी, शान्तिवादी, विकासप्रेमी तथा प्रजातन्त्रका पक्षधर शासकका रूपमा स्मरण गरे। नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावमार्फत उनले अन्तर्राष्ट्रिय स्तरमा शान्तिको सन्देश दिएको उल्लेख गर्दै उक्त प्रस्तावलाई विश्वका ११६ राष्ट्रले समर्थन गरेको स्मरण गरियो।
प्रतिष्ठानले राजा वीरेन्द्रले राष्ट्रका लागि पुर्याएको योगदान र त्यागको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता, शान्ति र विकासका क्षेत्रमा उहाँका विचारहरू आज पनि सान्दर्भिक रहेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले राजा वीरेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको स्मृतिलाई चिरस्थायी बनाउन राज्यले विशेष पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्