काठमाडौँ । विदेश पठाउने भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सन्देश चौधरी, ५३ वर्षीय भगवत प्रसाद थारु, ४० वर्षीय सरस्वती बारघरे र ३७ वर्षीय विकास दाहाल रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरीले मकाउ पठाउने भन्दै ५ लाख र थारुले पोल्याण्ड पठाउने भन्दै २३ लाख रुपैयाँ ठगी गरेका थिए ।
त्यस्तै, बारघरेले क्यानडा पठाउने भन्दै १६ लाख र दाहालले पनि क्यानडा पठाउने भन्दै ३ लाख ९२ हजार ठगी गरेर सम्पर्क विहीन भएका थिए ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्