काठमाडौँ । अध्ययन बिदाको दुरुपयोग गर्ने ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर पुनः काममा नफर्किएका ४४ जना प्राध्यापकले ११ करोड रुपैयाँ फिर्ता गरेका हुन् ।
डा. जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले त्रिविका ३ सय ९८ जना प्राध्यापकले बिदाको दुरुपयोग गरेको प्रतिवेदन तयार गरेको थियो ।
सोही प्रतिवेदनका आधारमा त्रिविले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरुलाई रकम फिर्ता गर्न सूचना जारी गरेको थियो । त्यसयता ४४ जना प्राध्यापकले ११ करोड रुपैयाँ फिर्ता गरेको त्रिविले जनाएको छ ।
यसो त त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलबसहितको अध्ययन बिदा दिने गर्छ । तर, तलब पनि खाने र बिदा सकिएपछि नफर्किनेहरु बढेपछि त्रिवि अध्ययन बिदाको दुरुपयोग गर्नेमाथि ‘एक्सन’मा उत्रिएको हो । अध्ययन बिदाको दुरुपयोग गरेर रकम फिर्ता नगर्नेलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ ।
रकम फिर्ता नगर्नेलाई फेरि एकपटक सार्वजनिक सूचना जारी गरेर सम्पर्कमा आउन आग्रह गर्ने र त्यति गर्दा पनि सम्पर्कमा नआए कारवाही गर्ने त्रिविको तयारी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्