काठमाडौँ । निःशुल्क फिफा वर्ल्डकप देखाउने भन्दै लोभ देखाएर ७० लाख ठगी गरेको पाइएको छ । सामाजिक सञ्जालमा ‘वर्ल्डकप’ देखाउने लोभ देखाएर प्रचार गर्ने र मालवेयर इन्सटल गर्न लगाएर ७० लाख ठगी गरेको पाइएको साइबर ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार यसरी ठगीमा पर्ने करिब ७० जनाले उजुरी दिएका छन् । ती उजुरीमा आधारमा करिब ७० लाख रुपैयाँ ठगी भएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन् ।
यसरी ठगीमा पर्नेहरुमा अधिकांश युवाहरु रहेको प्रहरीले जनाएको छ । अधिकांशले निःशुल्क ‘वर्ल्डकप’ हेर्न पाइन्छ भनेर नजानेर अज्ञात लिंकमा क्लिक गर्दा ठगीमा परेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । हाल ब्युरो ती उजुरीमाथि छानविन भइरहेको जनाएको छ ।
कसरी हुन्छ ठगी ?
साइबर ब्युरोका अनुसार अहिले ‘वर्ल्डकप’ सिजन चलिरहेका बेला सामाजिक सञ्जालमा फ्रिमा ‘वर्ल्डकप’ देखाउने भन्दै प्रचार गरिएका छन् ।
जहाँ ह्याकरले सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रलोभनमा पारेर मालवेयर लिंक क्लिक गर्न बाध्य पार्छन् । यसरी लिंक क्लिक गर्नेबितिकै मोबाइलमा सामान्य एप्लिकेशन डाउनलोड हुन्छ । हेर्दा सामान्य देखिने उक्त एपमार्फत ह्याकरले मोबाइलमा मालवेयर इन्स्टल गर्छ र मोबाइलमा पहूँच पुर्याउँछ ।
त्यसरी मोबाइलमा पहूँच पुर्याएको ह्याकरले सजिलै मोबाइल बैंकिङ तथा वालेटमा पहूँच पुर्याउँछ र प्रयोगकर्ताले थाहा नै नपाउनेगरी रकम ट्रान्सफर गरिदिन्छन् ।
कसरी जोगिने ?
यसो त नेपाल प्रहरीले ‘वर्ल्डकप’का नाममा साइबर ठगीका घटना बढ्ने भन्दै बैशाख ७ गते नै नागरिकहरुलाई सचेत गराएको थियो । प्रहरीले निःशुल्क वर्ल्डकप देखाउने भन्दै प्रचार गरेर ठगी गर्नेहरु बढेको भन्दै त्यस्ता प्रचार सामाग्रीबाट बच्न आग्रह गरेको थियो । त्यसबा बाबजुत पनि निःशुल्क ‘वर्ल्डकप’ हेर्न पाइने प्रलोभनमा पर्दा नेपालीहरु ठगिएका छन् ।
नेपालमा ५ सय ४९ रुपैयाँदेखि ९ सय ९९ रुपैयाँ शुल्क तिरेर सुरक्षित तरिकाले ‘वर्ल्डकप’ हेर्न पाइन्छ । त्यसैले प्रहरीले निःशुल्क ‘वर्ल्डकप’ हेर्न पाइने लोभमा शंकास्पद लिंक क्लिक नगर्न र एप इन्स्टल नगर्न पनि आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्