काठमाडौँ । बैशाख महिनामा मात्र ७ हजार बढी कर्जा खाता बन्द भएका छन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाख महिनामा मात्र ७ हजार १ सय ७७ कर्जा खाता बन्द भएका हुन् ।
राष्ट्र बैंकका अनुसार हाल कर्जा विस्तार हनु नसक्दा नयाँ कर्जा खाता थपिएका छैनन् । अर्कोतर्फ अहिले बैंक तथा वित्तीय संस्थाहरु पुरानो कर्जा असुलीमा केन्द्रित छन् । त्यस्तै, अहिले लामो समयदेखि पेन्डिङमा रहेका कर्जा खाताहरु बन्द भएका छन् ।
यही कारण पनि बैशाखमा बन्द हुने कर्जा खाताको संख्या बढेको राष्ट्र बैंकले जनाएको छ । बैशाखमा कर्जा खाता घटे पनि निक्षेप खाता भने बढेको छ ।
राष्ट्र बैंकका अनुसार बैशाखमा ३ लाख भन्दा बढी निक्षेप खाता बढेका छन् । चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा बैंक तथा वित्तीय संस्थामा कर्जा र निक्षेपका कुल खाता संख्या ६ करोड २७ लाख २३ हजार पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्