Skip to content
LAXMI SUNRISE BANK

समातिएका बिवाईडीसहित ७ सय ७४ गाडी भन्सारमा बुझाइयो

अर्थ सरोकार

काठमाडौँ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बिवाईडीका ईभीसहित ७ सय ७४ गाडी भन्सारमा बुझाइएको छ । उत्तरी नाका कोरलाबाट भित्रिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका ती गाडी सशस्त्र प्रहरी बलले भन्सारलाई बुझाएको हो । 

नाकामा गाडी नआउँदै कागजमा जाँचपास गरिएको आशंकामा नियन्त्रणमा लिइएका ती गाडीको ‘डकुमेन्टेसन’मा गडबडी देखिएपछि भन्सारमा बुझाइएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले पुष्टि गरेका छन् । 

मुस्ताङबाट कास्कीतर्फ ल्याइँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका ती सवारी साधनलाई नियन्त्रणपछि जोमसोम, भन्सार र कास्की लगायत ४ ठाउँमा राखिएका थिए । हाल ती गाडीहरु थप अनुसन्धानका लागि भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ । 

ती गाडीहरु बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स कम्पनी प्रालिले आयात गरेको थियो । बजेटअघि नै ईभी गाडीमा करका दर हेरफेर हुने सूचना चुहिएपछि ती गाडीहरुको बजेटअघि नै कागजमा जाँचपास गराएर हाल भन्सार पास गराइएको आशंका गरिएको छ । हाल ती गाडीहरुको जाँचपासका विषयमा भन्सारले थप अनुसन्धान गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK