Skip to content
LAXMI SUNRISE BANK

एक्यानका अध्यक्ष नेपालद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

अर्थ सरोकार

काठमाडौँ । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)का अध्यक्ष अनुप नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 

सामाजिक सञ्जालमार्फत नेपालले रास्वपाको प्रथम महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

उम्मेदवारी घोषणा गर्दै नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै संगठनलाई व्यवस्थित, उत्तरदायी र परिणाममुखी बनाउने विषयमा आफ्ना प्राथमिकतामा रहेको पनि स्पष्ट पारेका छन् । 

केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि भन्दा पनि पार्टीलाई संस्थागत रुपमा बलियो, पारदर्शी र जनउत्तरदायी बनाउनका लागि भएको नेपालको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK