काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले बजेट तथा वित्त विधेयक २०८३ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। जेठ १९ गते मंगलबार हिमालयन होटल, कुपन्डोलमा एक्यानले सो कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रम ३:१५ देखि सुरू भएको थियो। कार्यक्रममा बजेट तथा वित्त विधेयक २०८३ का कर सुधार, वित्तीय क्षेत्रको स्थायित्व, निजी क्षेत्रको विकास तथा दिगो आर्थिक वृद्धिका विषयमा विज्ञहरूबीच विस्तृत छलफल भएको थियो।
कार्यक्रममा एक्यानका तत्कालीन अध्यक्ष अरुण राउतले कार्यपत्र प्रस्तुत गरेका थिए भने उपाध्यक्ष अनिल लामीछाने र महासचिव प्रदिप अर्यालले सत्रहरूको सहजीकरण गरेका थिए।
पहिलो सत्र ‘Tax Reform in Finance Bill 2083: Driving Corporate Growth and Innovation’ मा कर सुधारमार्फत निजी क्षेत्रको प्रतिस्पर्धात्मकता, लगानी प्रवर्द्धन तथा नवप्रवर्तनलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।
दोस्रो सत्र ‘Financial Sector Resilience under Budget 2083’ मा बैंकिङ, बीमा तथा वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सुधार र आर्थिक चुनौतीबारे छलफल गरिएको थियो। नेपाल सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि बजेट तथा वित्त विधेयक सार्वजनिक गरेपछि कर नीति, राजस्व सुधार, लगानीमैत्री वातावरण तथा दिगो आर्थिक वृद्धिका सम्भावनाबारे व्यवसायिक र नीतिगत दृष्टिकोणबाट छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट, वित्तीय क्षेत्रका प्रतिनिधि, उद्योग व्यवसायी तथा नीति विज्ञहरूको उल्लेख्य सहभागिता थियो। सहभागीहरूले बजेट तथा वित्त विधेयक २०८३ का व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन, कर प्रणाली सुधार तथा दिगो आर्थिक विकासका लागि निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा समेत व्यक्त गरेका थिए। तस्विरमा हेर्नुहोस् कार्यक्रमका खस झलक:




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्