Skip to content
LAXMI SUNRISE BANK

बैंकका सिइओलाई राष्ट्र बैंकको गभर्नर बन्न रोक लगाउने तयारी !

अर्थ सरोकार

काठमाडौँ । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राष्ट्र बैंकको गभर्नर बन्न रोक लगाउने तयारी गरिएको छ । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ मा गर्न लागिएको तेस्रो संशोधनमार्फत यस्तो व्यवस्था गर्ने तयारी गरिएको छ । 

सरकारले ‘राष्ट्र बैंक ऐन, २०५८’ संशोधनका लागि जेठ ११ गते नै प्रतिनिधि सभामा ‘नेपाल राष्ट्र बैंक विधेयक २०८३’ प्रस्तुत गरेको छ । 

उक्त विधेयकले विभिन्न कार्य क्षेत्र तोकेर कार्यअनुभव हासिल गरेका व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ । तर, गभर्नर नियुक्तिका लागि तय गरिएको कार्यअनुभवको व्याख्याबाट वाणिज्य बैंकहरुका कार्यकारी प्रमुखलाई हटाएको छ । 

योसँगै अब नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक गभर्नर बन्न सक्नेगरी विधेयकमा स्पष्ट खुलाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK