काठमाडौँ । सरकारले बैंकिङ क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ । अत्याधिक हड्ताल र आन्दोलनका नाममा सेवा प्रभावित भएको व्यापक गुनासोपछि सरकारले बैंकिङ क्षेत्रसहित २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।
सरकारले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरेर २५ अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको हो ।
गृह मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार अबदेखि बैंकिङ सेवा, बीमा सेवा, डाँक–तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईजहाज मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवामा हड्ताल गर्न पाइने छैन ।
त्यस्तै, हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा पनि हड्ताल गर्न पाइने छैन ।
यस्तै, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा, पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्सजस्ता सेवाहरू), औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा र विद्युत सेवामा हड्ताल गर्न निषेध गरिएको छ ।
सरकारले यी बाहेक दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्कसम्बन्धी सेवा, ह्यान्ड स्यानिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवामा हड्ताल गर्न निषेध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्