Skip to content
LAXMI SUNRISE BANK

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो त ?

अर्थ सरोकार

काठमाडौँ । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिहीबार कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले गत जेठ २८ गते सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो । 

कम्पनीको आईपीओमा २८ लाख ९४ हजार २३२ आवेदकबाट ३ करोड १० लाख ३३ हजार १८० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये २८ लाख ५० हजार २५ आवेदन स्वीकृत भएको छ भने ४४ हजार २०७ आवेदन रद्द भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ । जसअनुसार ७० हजार ५५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओमा आवेदन दिएका लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो सेयरबाट पनि आईपीओको रिजल्ट हेर्न सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK