काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको ‘निलो क्रान्ति’ को लहर धेरै समय नटिक्ने दाबी गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले यस्तो दाबी गरेका हुन् ।
उनले देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ (ग्रिन रिभोल्युसन) मात्रै अन्तिम र भरपर्दो विकल्प भएको समेत बताएका छन् ।
मुलुकमा भएका विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रङको क्रान्तिका रूपमा चित्रण गर्दै अध्यक्ष घिसिङले अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताए । उनले उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको पनि स्पष्ट पारेका छन् ।
उनले पार्टीको झण्डा हरियो हुनु र चुनाव चिन्ह ‘चिम’ले शक्तिको सञ्चार गर्नुले पनि हरित क्रान्तिको अवधारणा पुष्टि गर्ने बताएका छन् । त्यस्तै, घिसिङले सुशासनका अतिरिक्त जलस्रोतको अधिकतम उपयोग गरी जलविद्युत् उत्पादन, हरित हाइड्रोजन र हरित युरियाको उत्पादनलाई पार्टीले मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।
‘उज्यालो नेपाल पार्टीको एउटा प्रमुख उद्देश्य नेपालमा हरित क्रान्ति गर्नु हो । हामी नेपालमा ‘ग्रिन रिभोल्युसन’ ल्याउने अभियानमा छौँ ।’, उनले भने, ‘…निलो क्रान्ति धेरै समय टिक्दैन । अन्तिम र दिगो क्रान्ति भनेको हरित क्रान्ति हो ।’
त्यस्तै, घिसिङले उज्यालो नेपाल पार्टीको अबको राजनीतिक दिशा हरित क्रान्ति र सुशासनकै सेरोफेरोमा केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्