Skip to content
LAXMI SUNRISE BANK

धितोमा राखिएको सुन माग्दै बैंक घेर्न पुगे राष्ट्रिय वाणिज्य बैंकका ऋणी, प्रहरीसँग धकेलाधकेल… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा सुन फिर्ताको माग गर्दै ऋणीहरुले आन्दोलन गरेका छन् । भदौ २४ गते बैंकबाट लुटिएको भनिएको सुन फिर्ता माग्दै ऋणीहरुले आन्दोलन गरिएको हो । 

सोमबार बैंकको केन्द्रीय कार्यालय रामशाहपथमा आन्दोलन गर्न पुगेका ऋणीहरुले बैंक घेराउसमेत गरेका थिए । सोही क्रममा बैंकको गेटमै परिचालन गरिएका प्रहरी र आन्दोलनरत ऋणीहरुबीच धकेलाधकेल समेत भएको थियो ।

ऋणीहरुले आफूहरुले बैंकमा धितोमा राखेको सुनको साटो सुन नै पाउनुपर्ने अडान लिएका छन् । बैंकले लुटिएकै मिति (भदौ २४ गते) को मूल्य अनुसार पैसा दिने भनेपछि ऋणीहरु झन् आक्रोशित बनेका छन् ।

उनीहरुले बैंकमा धितोमा राखिएको सुनको सुरक्षा गर्ने जिम्मा बैंककै भएको र बैंकमा राखिएको सुन लुटिनुमा आफूहरुको दोष नभएको भन्दै आफूहरुले राखेको सुनको साटो सुन नै पाउनुपर्ने नत्र आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK