Skip to content
LAXMI SUNRISE BANK

‘बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायो’- ऐन महर

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताए ।

उनले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताएका छन् । 

‘यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थियो तर विडम्बना त्यस्तो हुन सकेन ।’, उनले भने, ‘…अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई गम्भीर बनायो । जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली छ त्यो उहाँमा देखिएन ।’

त्यस्तै, सांसद महरले अर्थमन्त्री प्रतिपक्षप्रति हेपाहा र अपमानजनक शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै उनले त्यस्तो व्यवहारले अर्थमन्त्रीको विद्वतामाथि नै प्रश्न खडा गरेको बताए ।

बजेटले दूरदराजका क्षेत्र, गरिब तथा विपन्न समुदाय, महिला, बालबालिका, दलित र पछाडि पारिएका वर्गका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको भन्दै सांसद महरले बजेटलाई गैरजिम्मेवारको संज्ञा दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK