काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेटले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले कर सुधारका क्षेत्रमा बजेटले उल्लेखनीय प्रगति गरेको बताएका हुन् ।
उनका अनुसार लामो समयदेखि रोकिएका कर सुधारका विषयलाई बजेटमार्फत सम्बोधन गरिएको छ ।
अध्यक्ष अग्रवालले बहुदर मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली कार्यान्वयनतर्फ सरकारले अघि बढाएको कदमलाई साहसिक निर्णयको संज्ञा दिएका छन् । यद्यपि, विद्युत् महसुलमा ५ प्रतिशत भ्याट लगाइएको विषयमा भने उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘सरकले बिजुली र राइड सेयरिङमा ५ प्रतिशतको मूल्य अभिवृद्धि कर लगाउँदै बहुदर भ्याटको व्यवस्था सुरुवात भएको छ ।’, उनले भने, ‘नेपाल जलस्रोतको प्रचुर सम्भावना भएको देश हो, यसको उत्पादन बढाउँदै लानुपर्नेमा करको कुरा नमिलेजस्तो लाग्यो । भ्याटमा बहुदरको सान्दर्भिकताबारे पनि अध्ययन गरी सुधार पेश गर्न, एउटा उच्चस्तरीय समितिको गठन गर्न जरुरी छ ।’
त्यस्तै, उनले आवश्यक कानुनी परिमार्जन भएमा पुँजीगत लाभकरबारे देखिएका अन्योल र भ्रम स्वतः हट्ने विश्वास व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्