काठमाडौँ । क्यानडामा एक पाइलटले नक्कली लाइसेन्सकै भरमा १७ वर्षसम्म विमान उडाएको पाइएको छ । क्यानडाका पूर्व पाइलट जियोफ्री वालले १७ वर्षसम्म नक्कली लाइसेन्स देखाएर व्यवसायिक उडान गरेको पाइएको हो ।
वालमाथि नक्कली लाइसेन्सका भरमा विमान उडाएर हजारौँ यात्रुको सुरक्षालाई खतरामा पारेको आरोप छ । वाललाई जुन १ मा पक्राउ गरिएको थियो ।
उनीमाथि नक्कली कागजात प्रयोग गरेको, सार्वजनिक उपद्रव, ५ हजार डलरभन्दा बढीको ठगी र नक्कली प्रमाण चिन्ह राखेको लगायतका आरोप छन् । ट्रान्सपोर्ट क्यानडाको अनुसन्धानले कागजातमा कैफियत भेटेपछि वालको बदमासी बाहिर आएको हो ।
सन् १९९८ मा हवाई क्षेत्र प्रवेश गरेका वाल नक्कली प्रमाणपत्र देखाएर क्याप्टेन बनेको क्यानडा प्रहरीले जनाएको छ । उनीमाथि क्यानडा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्