काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ कर्मचारी तथा सेयरधनीलाई विदेशमा सम्पत्ति भए स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सिइओ), उच्च व्यवस्थापकीय तहका पदाधिकारी तथा ठूला संस्थापक सेयरधनीका लागि सर्कुलर जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
योसँगै उक्त पदहरुमा नियुक्ति वा मनोनयन गर्दा अनिवार्य रुपमा सम्पत्ति विवरणसहित नेपाल बाहिर कुनै सम्पत्ति रहेको वा नरहेको, कुनै सम्पत्तिमा धनी वा हिताधिकारी भए/नभएको स्वघोषणा गर्नुपर्नेछ ।
राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार यो व्यवस्था नियुक्ति र मनोनयन क्रममा मात्र नभएर हाल कार्यरत व्यक्तिहरुको हकमा समेत लागू हुनेछ ।
अर्थात, बैंक तथा वित्तीय संस्थाका बहालवाला सञ्चालक, सिइओ, पदाधिकारी तथा ठूला सेयरधनीले पनि सम्पत्ति विवरणसँगै विदेशमा सम्पत्ति भए/नभएको स्वघोषणा गर्नुपर्नेछ । त्यस्तै, स्वदेश वा विदेश कर्जा सम्बन्धी कालोसूचीमा परे/नपरेको, कुनै कसुरमा संलग्न भए/नभएको, मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधान वा न्यायिक तथा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे/नरहेको विवरण समेत खुलाउनुपर्ने भएको छ ।
अर्कोतर्फ राष्ट्र बैंकले संस्थापक सेयर खरिदबिक्री तथा ठूला सेयरधनीको हकमा समेत नयाँ व्यवस्था गरेको छ । जस अनुसार एकैपटक वा पटक-पटक गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको कुल ५ प्रतिशत वा २५ लाख भन्दा बढी हुनेगरी संस्थापक सेयर खरिद वा नामसारी गर्दा वास्तविक धनी वा हिताधिकारीको विवरण राष्ट्र बैंकमा बुझाउनुपर्नेछ ।
यदि सेयरधनी संस्था रहेको अवस्थामा उक्त संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एकल, संयुक्त वा समूहगत रूपमा १५ प्रतिशत वा सोभन्दा बढी सेयर वा पूँजी लगानी गर्ने वास्तविक धनी वा हिताधिकारीको विवरणसमेत संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, हालसम्म बहालमा रहेका संचालक, व्यवस्थापक तथा ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी संस्थापक सेयर स्वामित्व भएका वास्तविक धनीको विवरणसमेत बुझाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । त्यसरी बुझाइएको विवरणमा कुनै परिवर्तन आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा अद्यावधिक विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्