काठमाडौँ । जबरजस्ती विवादमा तानिएको छायाँदेवी कम्प्लेक्स (छायाँ सेन्टर) को जग्गाले ५ वर्षअघि नै ‘क्लिन चिट’ पाएको खुलेको छ । सिंहसार्थ वाहु गरुड भगवान गुठीले छायाँ सेन्टर निर्माण भएको जग्गामा कुनै विवाद नभएको भन्दै २०७७ सालमै ‘क्लिन चिट’ दिएको खुलेको हो ।
गुठीले २०७७ असोज २७ गते पत्र काट्दै छायाँ सेन्टरको जग्गामा कुनै विवाद नभएको स्पष्ट पारेको थियो ।
यसो त २०४७ साल चत १४ गते उक्त छायाँ सेन्टर निर्माण भएको जग्गाका कित्ताहरु अम्बिका राणा तथा शंकर प्रसाद शाहको नाममा गुठी रैतानी भई जग्गा धनी पूर्जा बनेको थियो ।
२०४७ माघ १८ गते उक्त जग्गाका कित्ताहरु राणा र शाहको नाममा रैतानी गर्ने निर्णय गरिएको थियो । तर, उक्त निर्णय बदर गर्दै गुठी संस्थानले २०४७ चैत १४ गते पुनः अर्को निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध राणाले पुनरावेदन अदालत पाटनमा मुद्दा हालेकी थिइन् ।
सो मुद्दामा अदालतले गुठी संस्थानको पहिलो निर्णयलाई नै कायम राख्दै संस्थानको पछिल्लो निर्णय बदर गरिदिएको थियो ।
पुनरावेदन अदालतको उक्त फैसलाविरुद्ध गुठीका गुठियार थकालीहरु राणाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा छुट्टै मुद्दा दायर गरेका थिए । सोही मुद्दाको सुनुवाइका क्रममा जिल्ला अदालतले दुवै पक्षबीच २०६२ असार १६ गते मिलापत्र गरेको थियो । त्यसयता उक्त जग्गामा कुनै विवाद नभएको भन्दै गुठीले २०७७ असोज २७ गते छायाँदेवी कम्प्लेक्सलाई ‘क्लिन चिट’ दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्