Skip to content
LAXMI SUNRISE BANK

अदालतमा बेथिति र बिचौलियाजन्य गतिविधि रोक्न प्रधानन्यायाधीशको निर्देशन

अर्थ सरोकार

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले अदालतमा बेथिति र बिचौलियाजन्य गतिविधि रोक्न निर्देशन दिएका छन् । उच्च अदालतका मुख्य न्यायाधीश र जिल्ला अदालतका प्रमुख न्यायाधीशहरुलाई लिखित परिपत्र जारी गर्दै डा. शर्माले यस्तो निर्देशन दिएका हुन् । 

उनले सर्वोच्च र मातहतका अदालतमा हुनसक्ने विकृति, विसंगति, अनियमितता र बिचौलियाजन्य गतिविधि रोक्न निर्देशन दिएका छन् । 

त्यस्तै, अदालत प्रवेश, मुद्दा व्यवस्थापन, म्याद तामेली, पेशी, फैसला तयारी, फैसला कार्यान्वयन, अभिलेख तथा सेवा प्रवाहका प्रत्येक चरणमा सूक्ष्म निगरानी गर्न पनि निर्देशन दिएका छन् । 

यदि अदालतमा अनियमितता, बेथिति, बिचौलियाजन्य गतिविधि वा सेवाग्राहीलाई सास्ती दिने गतिविधि भए तत्कालै हदैसम्म कारवाही गर्न पनि मातहतका सबैलाई निर्देशन दिएका छन् । साथै प्रधानन्यायाधीश शर्माले असार मसान्तभित्र दुई वर्ष नाघेका मुद्दाहरु बाँकी नराख्न पनि निर्देशन दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK