काठमाडौँ । बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ? ख्याल गर्नुहोला यस्ता घटना अहिले नेपालमा भइरहेका छन् । त्यस्ता ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
हालै काठमाडौँमा यस्तै घटना सार्वजनिक भएको छ । आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनि अङ्ग्रेजी भाषामा बोली प्रिन्स तमाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहारसमेत नदेखाइ कुराकानीपश्चात् पीडितलाई विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाएर ठगी भएको घटना बाहिरिएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार उनले आफ्नो बहिनी भन्दै सरगम तमाङको ह्वाट्स एपमा कुराकानी गर्न लगाई पटकपटक गरी रु १५ लाख बढी रकम ठगी गरेको पाइएको हो ।
पीडितले दिएको निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट खुल्न आएका प्रिन्स तमाङ भन्ने सञ्जिव नेपाली र बहिनी सरगम तमाङ भएर कुराकानी गरी ठगी गर्ने कार्यमा संलग्न उनकै श्रीमती अनुष्का भन्ने सरिता पराजुली रहेको खुलेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।
ब्युरोबाट खटिएको प्रहरी टोलीले स्याङ्जा घर भई काठमाडौँको माछापोखरी बस्ने नेपाली र पराजुलीलाई मङ्गलबार पक्राउ गरी विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध मुद्दामा बुधबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको गिरीले बताए ।
असार ३ गते बुधबारनै अदालतले उनीहरूलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेकाले ब्युरोबाट थप अनुसन्धान अघि बढाइएको पनि उनले जानकारी दिएका छन् । उनले यस्ता घटना घट्ने गरेको भन्दै ठगीबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्