Skip to content
LAXMI SUNRISE BANK

बालेनले ब्राण्डिङ गरेपछि ‘भाइरल’ भएको डिडिसी दूधका प्याकेट क्याबिनेटमा !

अर्थ सरोकार

काठमाडौँ । सरकारले मन्त्रीहरुलाई दुग्ध विकास संस्थान (डिडिसी)को उत्पादन बाँडेको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न भन्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रधानमन्त्री बालेनसहित अन्य मन्त्रीहरुलाई डिडिसीको दूध, घिउ, दही, पनिर र चिज लगायतका उत्पादन बाँडेकी हुन् ।

मन्त्रीपरिषद् बैठकमा सरकारी स्वामित्वको डिडिसीका उत्पादनहरुको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा पनि गहन छलफल भएको छ ।

बैठकमा कृषिमन्त्री चौधरीले डिडिसीको उत्पादन प्रवर्द्धनको एजेन्डालाई मुख्य रुपमा उठाएकी थिइन् । मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डिडिसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छिन् ।

उनले डिडिसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरेकी छिन् । साथै, नेपाली दुग्ध किसानबाट संकलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा जोड दिएकी छिन् । सोही क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषदका सदस्यहरुलाई डिडिसीका उत्पादन बाँडेकी थिइन् ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह स्वयमले पनि डिडिसीका उत्पादनहरुको प्रवर्द्धन र प्रचार गरेर स्वदेशी वस्तुको उपभोग बढाउने बलियो सन्देश दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK