काठमाडौँ । सम्पत्ति छानविन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको छ । आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको हो ।
यसो त आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो । तर, म्याद सकिन ३ दिन बाँकी रहँदा हालसम्म ३ हजार ५ सय जनाले मात्र सम्पत्ति विवरण बुझाएका छन् ।
म्याद सकिन लाग्दा पनि सबैको सम्पत्ति विवरण नआएपछि आयोगले विवरण बुझाउने मिति असार मसान्तसम्म थप गरेको छ ।
म्याद थप गर्दै आयोगले विवरण नबुझाएकाहरुलाई विवरण बुझाउन भनेको छ । आयोगका अनुसार सार्वजनिक पदमा रहेका, सेवा निवृत्त भएका व्यक्तिहरुले आफैँ वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेलमार्फत विवरण बुझाउन सक्ने आयोगले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्