काठमाडौँ । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अर्याललाई राहदानी खरिद प्रकरणमा अनुसन्धानका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । उनीसँगै अदालतले विभागका निर्देशक सुनील कुमार रेग्मीलाईसमेत ४ दिन थुनामा राख्न अनुमति दिएको छ ।
अख्तियारले २० दिन थुनामा राख्न अनुमति मागे पनि अदालतले ४ दिन मात्र थुनामा राख्न अनुमति दिएको हो । उनीहरुमाथि भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्