काठमाडौँ । डल्फिन ग्रुप नेपालले देशव्यापी रुपमा आफ्नो व्यवसाय विस्तार गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिकाबाट खाद्यान्न तथा पशुपन्छी दानाको व्यापार सुरु गरेको डल्फिन ग्रुपले सुदूरपश्चिम र मध्यपश्चिम हुँदै देशव्यापी रुपमा व्यवसाय विस्तार गरेको हो ।
डल्फिन ग्रुपले करिब दुई दशक भन्दा लामो समयदेखि राइस मिल तथा प्लेट फिड उद्योग सञ्चालन गर्दै आएको छ ।
कृषि, पशुपालन तथा खाद्य उद्योग क्षेत्रमा आफ्ना छुट्टै छाप स्थापित गरेको उक्त उद्योगले २०७६ सालदेखि नेपालगञ्जलाई केन्द्र बनाएर औद्योगिक विस्तारलाई तिव्रता दिएको छ ।
हाल डल्फिन ग्रुप अन्तर्गत राइस मिल, प्लेट फिड उद्योग, फुल फ्याट सोया उद्योग, सोया चङ्क्स उद्योग, चक्की आँटा उद्योग, चिउरा उद्योग, भुजा उद्योग, आधुनिक वधशाला, ह्याचरी तथा कोल्ड स्टोर गरी कुल १० वटा उद्योगहरु सञ्चालनमा छन् ।
कृषि तथा पशुपालन क्षेत्रको विकासलाई प्राथमिकता दिँदै समूहले लेयर फार्मिङ तथा आधुनिक कृषिमा लगानी विस्तार गर्ने योजना अघि बढाएको ग्रुपका कार्यकारी निर्देशक तिर्थ थापाले बताएका छन् । थापाका अनुसार ग्रुपले किसानको उत्पादन वृद्धि र आम्दानी सुधारका लागि उन्नत बीउबिजन, प्राविधिक परामर्श तथा नियमित फार्म भ्रमण कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल ५-७ जना प्राविधिक तथा पशु चिकित्सकहरूले किसानका फार्ममा प्रत्यक्ष सेवा प्रदान गर्दै आएको थापाले बताएका छन् ।
डल्फिन ग्रुपका खाद्य उत्पादनहरू ‘डिएफसी’ ब्राण्डमार्फत तथा पशुपन्छी दानाका उत्पादनहरू ‘डल्फिन प्लेट फिड’ नामबाट देशभर उपलब्ध रहेको थापाले बताएका छन् । उनका अनुसार यी उत्पादनहरू नेपालभरका वितरक सञ्जाल तथा दराजमार्फत समेत उपभोक्तासम्म पुगिरहेका छन् ।
ग्रुपका कार्यकारी निर्देशक थापाका अनुसार २ जना कर्मचारीबाट सुरु भएको डल्फिन ग्रुपमा हाल ५ सय भन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् । त्यसका साथै किसान, ढुवानी व्यवसायी, वितरक तथा अन्य सरोकारवालामार्फत अप्रत्यक्ष रोजगारी सिर्जनामा पनि समूहले महत्वपूर्ण भूमिका खेलेको छ ।
डल्फिन ग्रुपले नेपाल सरकारलाई नियमित रूपमा कर तथा राजस्व भुक्तानी गर्दै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको थापाको भनाई छ । उनले स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन, स्थानीय स्रोत-साधनको उपयोग तथा किसानसँगको सहकार्यमार्फत समूहले दिगो आर्थिक विकासमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताएका छन् । ‘गुणस्तरीय उत्पादन, समृद्ध किसान, रोजगारी सिर्जना र राष्ट्र निर्माणमा योगदान’ भन्ने उद्देश्यका साथ डल्फिन ग्रुप आगामी दिनमा पनि कृषि तथा खाद्य उधोगको क्षेत्रमा नवीन सोच र दीर्घकालीन लगानीका साथ अघि बढ्ने थापाले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्