Skip to content
LAXMI SUNRISE BANK

इसेवाको झुर सेवाले सेवाग्राही हैरान, ‘विश्वकप हेर्न पैसा काट्यो, सेवा दिएन’ !

अर्थ सरोकार

काठमाडौँ । हप्तैपिच्छे केही न केही समस्या देखिइरहने इसेवाको झुर सेवाबाट ‘फिफा विश्वकप २०२६’ हेर्न खोज्ने ग्राहकहरु हैरानमा परेका छन् ।

‘डिगो’ मा विश्वकप हेर्नका लागि इसेवाबाट प्याकेज खरिद गर्न सकिने भए पनि इसेवाको झुर सेवाका कारण प्याकेज खरिद गरेको ४ दिनसम्म पनि खेल हेर्न नपाएको भन्दै ग्राहकहरुले गुनासो गरेका छन् । 

‘इसेवाबाट डिगो एपमार्फत विश्वकप हेर्न मोबाइल प्याकेज ५४९ रुपैयाँमा किनेको आज चार दिन भयो । खाताबाट पैसा लगिसक्यो तर हेर्न भने अहिलेसम्म पाएको छैन ।’, सामाजिक सञ्जालमा बिपी अनमोलले लेखेका छन्, ‘…मेरो पैसा फिर्ता गर्ने कि प्याकेज अपडेट गर्ने ?’ 

त्यस्तै, उनले समस्याबारे इसेवाडिसहोमलाईसमेत खबर गरिसकेको बताएका छन् । तर, पैसा तिरिसक्दा पनि विश्वकप हेर्न नपाएको उनको गुनासो छ । 

यसो त इसेवाबाट प्याकेज खरिद गरेर विश्वकप हेर्न नपाएको गुनासो गर्ने बिपी अनमोलजस्ता थुप्रै छन् । कनेक्ट आईपीएस लगायत अन्य माध्यमबाट प्याकेज खरिद गर्दा तुरुन्तै खेल हेर्न पाइने भए पनि इसेवाबाट प्याकेज खरिद गर्दा भने ४-४ दिनसम्म ‘एक्सेस’ नपाउँदा पैसा पनि खेर गएको र खेल पनि हेर्न नपाएको भन्दै अहिले इसेवाको सेवाप्रति असन्तुष्टि जनाउने बढेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK