काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषको तर्फबाट निर्देशक नबराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका थिए ।
सम्झौतामा बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित वा गैर–योगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन कोषले गर्ने उल्लेख गरिएको छ ।
कोषले सहभागी कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी परिचय पत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम र विवरण अनुसार खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीहरूलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने कार्य गर्नेछ ।
साथै, कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधाहरू कोषको नियम अनुसार पाउनु हुनेछ । सम्झौता अनुसार आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरूको साविकको रकम र बहाल रहेका कर्जा समेतलाई कोषमा रकमान्तर गरी समायोजन गरिने पनि सम्झौतामा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्