Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट कलरको आईपीओ निष्कासन, भर्ने होइन त ? 

अर्थ सरोकार

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँडपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३० करोडको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

त्यसमध्ये कम्पनीले १० प्रतिशत अर्थात ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीले ३९ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार ८०० कित्ता शेयर कर्मचारीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

हाल कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले जारी गरेको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन जेठ २७ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK