काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सो माग गरेका हुन् ।
‘करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ? सचिवलाई पनि थाहा हुँदैन । अर्थमन्त्री र अर्थमन्त्रीज्यूले तोकेका व्यक्तिहरुलाई मात्रै थाहा हुन्छ ।’, उनले भने, ‘सूचना लिक भएर ७५३ वटा बीवाइडी गाडी केरलाबाट १४ गते भन्सार पास हुन्छन्, २० गते गाडी आउँछ । अनि सरकारले छानविन समिति बनाउँछ । आफैं छानविन समिति बनाउने र कर्मचारीलाई डाम्न खोज्ने ?’
संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने शाहीले बताएका छन् ।
करका दर चुहावट गर्नेलाई राजद्रोहको मुद्दा चल्नुपर्ने शाहीको भनाइ छ । उनले यसका विषयमा सरकारले नभई संसदले छानबिन समिति बनाउनुपर्ने बताए । सुशासनको माग गरेर आएको सरकारले कुशासनको बाटो नलिन उनले चेतावनी दिए ।
उनले भने, ‘बजेट बन्दाखेरि बजेटका करका दर हेरफेर गर्ने र कर कति हुन्छ भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन । यदि त्यस्तो अपराध गरेको ठहरिएमा राजद्रोहको मुद्दा चल्ने नेपालका कानुनी व्यवस्था छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्