Skip to content
LAXMI SUNRISE BANK

अबदेखि मौखिक आदेशका आधारमा बैंक खाता रोक्का हुने !

अर्थ सरोकार

काठमाडौँ । अबदेखि अनुसन्धान अधिकारीको मौखिक आदेशका आधारमा पनि बैंक खाता रोक्का हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको ‘एकीकृत निर्देशन, २०८२’ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यो व्यवस्था लागू भएसँगै वित्तीय अपराधसँग सम्बन्धित शंकास्पद बैंक खाता अनुसन्धान अधिकारीको मौखिक आदेशका आधारमा अल्पकालीन अवधिका लागि रोक्का गर्न सकिनेछ । 

योसँगै इजाजतप्राप्त संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीको मौखिक/लिखित अवधिका लागि रोक्का राख्न २४सै घण्टा र सातै दिन कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।

त्यस्तै, राष्ट्र बैंकले उक्त कार्यका लागि आफ्नो वेबसाइटमा डेडिकेटेड कन्ट्याक्ट नम्बर राख्नुपर्ने पनि जनाएको छ । 

यस्तै, अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने निकायले बैंकसँग कुनै खातासम्बन्धी विवरण माग गरेको खण्डमा सोझै र यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK