काठमाडौँ । नवलपरासी (पश्चिम) को सुस्ताका सयौँ उत्पीडित बासिन्दाहरू आफ्नो मातृभूमि जोगाउन र आफ्ना आधारभूत मानव अधिकारको रक्षा गर्न काठमाडौँ आइपुगेका छन् । सुस्ता बचाउ अभियानको आयोजनामा माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा उनीहरूले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा भोग्नुपरेको उत्पीडनका विरुद्ध एकतावद्ध स्वर उरालेका हुन् ।
काठमाडौँको तातो कालोपत्रे सडकमा निधारमा रातो टीका र हातमा नेपाली राष्ट्रिय झण्डा बोकेर बसेका वृद्ध, महिला र आमाहरूको दृढ अनुहारले सिंहदरबार र संसद भवनलाई सिधै झकझक्याइरहेको छ ।
लामो समयदेखि नदी बहाव परिवर्तनका कारण आफ्नो उर्वर खेतीयोग्य जमिन भारतीय सीमा सुरक्षा बलको अतिक्रमणमा परेको तर आफ्नै देशको सरकारले लालपुर्जा नदिँदा उनीहरू सुरक्षाविहीन बनेका छन् ।
धर्ना कार्यक्रमका सहभागीहरूलेसरकारसँग मुख्य तीन बुँदे माग राखेका छन् । नेपालको सार्वभौम भूमि सुस्तामाथिको अतिक्रमण तत्काल रोक्न र सुगौली सन्धिको भावनाअनुरूप सीमांकन गर्न प्रभावकारी कूटनीतिक पहल गर्न, सुस्ताबासीहरूलाई तत्काल बिना कुनै शर्त नेपाली वंशजको नागरिकता उपलब्ध गराउन र तेस्रो, पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको जमिनको नापजाँच गरी तुरुन्त लालपुर्जा वितरण गर्न माग गरेका छन् ।
काठमाडौँको सडकमा आँसु र आक्रोश बोकेर सुस्ताबासी उत्रिँदा धेरै काठमाडौंवासीहरूले ऐक्यवद्धता समेत जनाएका छन् । ‘दया होइन, न्याय दे’ लेखेको प्लेकार्ड बोकेकी आमाको रुवाइ र ‘हामी खेती गर्छौं, यसको स्वामित्व हाम्रो हो’ लेखेको बोर्ड समातेका सुस्ताका युवाहरूको आत्मसम्मानले सिंगो नेपाललाई सीमा र नागरिकको सुरक्षाबारे सोच्न बाध्य तुल्याएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्