Skip to content
LAXMI SUNRISE BANK

ह्वात्तै घट्यो सुनको मूल्य, तोलामै साढे १० हजारले घटेर दुई लाख ८६ हजार ७ सय पुग्यो !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १० हजार ५ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १० हजार ५ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३०५ रुपैयाँले घटेर प्रतितोला ४६४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४५ हजार ८ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९७८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK