Skip to content
LAXMI SUNRISE BANK

ह्वातै घट्यो सुनको मूल्य, तोलामै १० हजार १ सयले घटेर २ लाख ९१ हजार ८ सय पुग्यो !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १० हजार एक सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १० हजार एक सय रुपैयाँले घटेर दुई लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १८५ रुपैयाँले घटेर प्रतितोला ४७४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको दुई लाख ५० हजार १ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०६४ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK