Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य तोलामै ५ हजार ३ सय रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार ३ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १९० रुपैयाँले बढेर प्रतितोला ४८४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५० हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१४९.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK