Skip to content
LAXMI SUNRISE BANK

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार हजार सात सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज चार हजार सात सय रुपैयाँले बढेर दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १४५ रुपैयाँले बढेर प्रतितोला ४३२५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४३ हजार ३ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७०८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK