Skip to content
LAXMI SUNRISE BANK

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

अर्थ सरोकार

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार (आज) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । 

सार्वजनिक नतिजा अनुसार यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत प्रशिक्षार्थी उत्तीर्ण भएका छन् भने परीक्षामा १७ हजार ७ सय ८६ जना विद्यार्थीले ३.६१ देखि ४ जिपिए ल्याएका छन् ।

शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजा विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डको वेबसाईट वा नेपाल टेलिकमको (neb.ntc.net.np) मा लगइन गरेर हेर्न सक्नेछन ।

त्यस्तै, NEB टाइप गरेर स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा पठाएर वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर पनि नतिजा हेर्न वा थाहा पाउन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK