काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्रीसँग सम्बन्धित सिमाना विषयक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो दलको माग यथावत रहेको बताए । साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई उठाइएका प्रश्नहरूको जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
उनले संसदको ‘सेकेन्ड लट’ सुरु गर्ने समय पनि भइसकेको उल्लेख गर्दै सरकारको ध्यान सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यातर्फ जानुपर्ने बताए ।
‘प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइयो र उनीहरूलाई बेघर बनाइयो,’ उनले भने, ‘हाल उनीहरू कृतिपुरलगायतका स्थानमा रहेका होल्डिङ सेन्टरमा बस्न बाध्य छन् । त्यहाँ खाना र पानीको समेत अभाव छ ।’
सांसद साम्पाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरू नेपाली नागरिक नै भएकाले उनीहरूको आधारभूत आवश्यकताको व्यवस्थापन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्