काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर तापक्रम बढ्दै जाँदा राजधानीका विभिन्न इलेक्ट्रोनिक्स पसलहरूमा पंखा किन्ने उपभोक्ताको चहलपहल बढेको छ । विशेषगरी काठमाडौँको महाबौद्ध क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स पसलहरूमा पछिल्ला दिनहरूमा पंखा खरिद गर्ने ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको व्यवसायीहरूले बताएका छन् ।
गर्मी बढेसँगै घर, कार्यालय तथा व्यापारिक प्रतिष्ठानका लागि पंखाको माग बढेको व्यापारीहरूको भनाइ छ । बजारमा मुख्यतः भारत र चीनबाट आयात गरिएका विभिन्न ब्रान्डका पङ्खा बिक्री भइरहेका छन् । साधारण टेबल फ्यानदेखि स्ट्यान्ड फ्यान र वाल फ्यानसम्म उपलब्ध रहेको बजारमा पङ्खाको मूल्य करिब ७ सय रुपैयाँदेखि १ हजार ५ सय, १ हजार ६ सय रुपैयाँ हुँदै ३ हजार ५ सय रुपैयाँसम्म रहेको व्यापारीहरूले जानकारी दिएका छन् ।
व्यापारीहरूका अनुसार केही साताअघिसम्म बिक्री सुस्त रहे पनि हाल गर्मी बढेसँगै दैनिक बिक्रीमा वृद्धि भएको छ । ग्राहकहरूले विशेषगरी कम विद्युत् खपत गर्ने तथा बढी हावा दिने पंखा रोज्ने गरेका छन् ।
मौसमसम्बन्धी तथ्याङ्कअनुसार काठमाडौँमा जुन महिनामा औसत अधिकतम तापक्रम करिब २९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस आसपास रहने गर्दछ । जुन महिना काठमाडौँको सबैभन्दा गर्मी महिनामध्ये एक मानिन्छ ।
मौसमविद्हरूका अनुसार मनसुन सक्रिय हुने क्रममा रहेकाले आगामी दिनमा वर्षासँगै तापक्रम केही घट्न सक्ने भए पनि उमस भने बढ्न सक्ने सम्भावना रहेको छ ।
गर्मीको प्रभावसँगै काठमाडौंका इलेक्ट्रोनिक्स बजारमा पङ्खा, कुलर तथा अन्य शीतलता प्रदान गर्ने विद्युतीय सामग्रीको कारोबार पनि बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । उपभोक्ताहरूले बढ्दो तापक्रमबाट राहत पाउन विभिन्न क्षमताका पंखा खरिद गर्न थालेपछि महाबौद्ध क्षेत्रका पसलहरूमा यतिबेला व्यापार चलायमान बनेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्