Skip to content
LAXMI SUNRISE BANK

‘२ अर्ब होइन, २ रुपैयाँ मात्र बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु’- अर्थमन्त्री वाग्ले

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुई रुपैयाँ मात्र पनि बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्ने चुनौती दिएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा प्रष्टिकरण दिँदै अर्थमन्त्री वाग्लेले यस्तो चुनौती दिएका हुन् । 

उनीमाथी करका दरमा चलखेल गरेको आरोप लागिरहेको बेला वाग्लेले प्रमाण सार्वजनिक गर्न पनि चुनौती दिएका छन् । 

बैठकमा अर्थमन्त्रीले दुई अर्ब रुपैयाँ चलखेल गरेको आरोप लगाएपछि अर्थमन्त्रीले दुई अर्ब मात्रै नभई दुई रुपैयाँ बराबरको बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार रहेको घोषणा नै गरेका छन् । 

‘…म त कठघरामा उभिन तयार छु । अर्ब, खर्बको कुरा जथाभावी गरिएको छ ।’, उनले भने, ‘दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ बराबरको पनि कुनै बदमासी गरेको छ भने, म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । यो मेरो चुनौती हो ।’

त्यस्तै, अर्थमन्त्री वाग्लेले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिहरुले समान स्तरको नैतिकता र जवाफदेहिता कायम राख्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले बजेट र कर नीतिसम्बन्धी निर्णयहरु आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली तथा दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर गरिएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK