काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट परिचालित समूहले प्रधानमन्त्री र आफूमाथि आक्रमण गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
उनले हाल सरकारले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा छानबिन गरिरहेको र केही दिनमा सो विषय अदालत पुग्ने भएकाले उक्त समूहको आक्रमणमा आफू परेको अर्थमन्त्रीको भनाई छ ।
‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेराबन्दी र आक्रमण भइरहेको छ ।’, अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।’
त्यस्तै, अर्थमन्त्रीले वाग्लेले सार्वभौम संसदका सदस्यलाई पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन आग्रह गरेका छन् । संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्