दाङ । तुलसीपुर उपमहानगरपालिकाले ५ सय जनालाई सुधारिएको चुलो वितरण गरेको छ । उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको उपमहानगरपालिकाका मुख्य सम्पर्क व्यक्ति टेकबहादुर खड्काले जानकारी दिएका छन् ।
वितरण गरिएका चुलोमा १५ प्रतिशत उपमहानगरपालिकाले, पाँच प्रतिशत उपभोक्ताको र बाँकी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र हरित जलवायु कोषले व्यहोर्ने भएको छ ।
चुलो विद्युतको सहायताले बल्छ, जसले गर्दा दाउरा तथा गुइँठाको बचत हुने भएकाले नागरिकको चाहना अनुसार चुलो वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्