काठमाडौँ । जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले धनुषाको छिरेश्वरनाथ-१ रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो ।
कृत्रिम कम्पनी खडा गरी डिपिआरबिनै धितोको अस्वभाविक बढी मूल्यांकन गराएर कर्जा लिएको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका एक उच्च अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार उनले प्रभु बैंकमा कर्जा लिएका थिए । बैंकबाट लिइएको कर्जाको उनले पटकपटक दुरुपयोग गर्दै अन्यत्र लगानी गरेको खुलेको छ । यसरी बैंकबाट लिइएको कर्जा दुरुपयोग गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको सीआईबीको भनाई छ ।
पाण्डेलाई ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जानकी मेडिकल कलेज सन् २००३ मा स्थापना भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्