Skip to content
LAXMI SUNRISE BANK

पिपुल्स इनर्जीको सेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ६६ लाख थान साधारण सेयरको प्रति सेयर अङ्कित मूल्य एक सयका दरले कुल ६६ करोडको प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ ।

सोमबार क्यापिटल र पिपुल्स इनर्जी कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

ज्योति क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय, कमलपोखरी, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जी लिमिटेडको तर्फबाट महाप्रबन्धक जनार्दन अर्यालले सेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको ज्योति क्यापिटलले नेपाल धितोपत्र वोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति तथा सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK