काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय नख्खु मार्फत सितापाईला नागार्जुन स्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले बाल गृहका सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोगबाट हेल्पिङ ह्यान्डस बाल गृहमा आश्रित बालबालिकाहरूका लागि स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँचलाई थप सहज बनाउने उद्देश्यले वाटर डिस्पेन्सर उपलब्ध गराइएको हो ।
यस सहयोगले बाल गृहमा रहेका बालबालिकाहरूको दैनिक जीवनयापनमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । हेल्पिङ ह्यान्डस बाल गृहका सृजना नेपालीले बाल गृहका बालबालिकाहरूको आवश्यकता सम्बोधन गर्न सहयोग पुर्याएकोमा कामना सेवा विकास बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक सहयोगले संस्थालाई आफ्ना सेवाहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने बताएका थिए ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा हेल्पिङ ह्यान्डस बाल गृहका बालबालिकाहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्