Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ महानगरले आफ्नै अस्पताल निर्माण गर्ने, यो वर्ष ४ करोड विनियोजन

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै अस्पताल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् । 

बहुवर्षीय योजना अन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि चार करोड विनियोजन गरिएको छ । 

त्यस्तै, डंगोलले टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने बताएकी छिन् । यस्तै ज्येष्ठ नागरिक निमोनिया खोपका लागि एक करोड विनियोजन गरिएको बताउँदै डंगोलले क्यान्सरजस्ता रोगहरुको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने पनि बताएकी छिन् । 

त्यस्तै, महानगरले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र स्थापनार्थ २ करोड रकम विनियोजन गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको, स्वनिगः विश्वविद्यालय स्थापनाका लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्य प्रारम्भ गर्न रु ५० लाख छुट्याइएको पनि बजेटमा उल्लेख छ । त्यस्तै, पोषण भत्ता कार्यक्रमका लागि १६ करोड विनियोजन गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK