काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखा मार्फत ईलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रबर्द्धन तथा वातावरणीय सुधारमा टेवा पुर्याउने, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
साथै, हरियाली विस्तारसँगै इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण थप वृद्धि भई भविष्यमा दिगो पर्यटन विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल तथा ४१ एक्सटेन्सन काउन्टरहरुबाट ‘समुदायका लागि कुमारी बैंक’ अवधारणाअन्तर्गत देशभर विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।
जस अन्तर्गत विपन्न तथा आवश्यकतामुखी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, सामुदायिक तथा सरकारी विद्यालयहरूको पूर्वाधार विकासमा सहयोग, स्वच्छ वातावरण निर्माणका लागि सरसफाईका सामाग्रहरुको वितरण, अनाथालयहरूमा सहयोग गर्नुका साथै वित्तीय तथा डिजिटल साक्षरता अभिवृद्धिका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्