काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले आइएमएस सफ्टवयर प्रा.लि सँगको सहकार्यमा नेपालको पहिलो इआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म (रियल टाइम) सार्वजनिक गरेको छ ।
बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्फत आइएमएसको इआरपी सफ्टवयरमार्फत बिनाधितो कर्जा प्रदान गर्ने जनाएको छ । योसँगै लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ । यस प्ल्याटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।
इआरपी प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समय डेटाका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्नेछ । यस डेटामा आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पुर्याउँदै परम्परागत धितो आवश्यकताविनै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँछ । यसमार्फत इआरपी प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा रु ५,००,००० सम्मको चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन्, जसलाई १२ महिनासम्मको समान मासिक किस्ता मार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा भविष्यमा कर्जा सीमा वृद्धि गर्दै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना बैंकले राखेको छ ।
यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा कर्जामा पहुँच अभिवृद्धि गर्ने परिकल्पनाअनुरूप नवप्रवर्तन र वित्तीय समावेशीकरणप्रति कुमारी बैंकको प्रतिबद्धताको प्रतिविम्ब भएको र यसले विशेषगरी साना तथा मझौला उद्यमीहरूलाई लाभान्वित गर्ने विश्वास गरिएको छ ।
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गर्दै ल्याइएको यस पहलले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ । साथै, यसले उद्यमशीलता प्रबर्द्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।
२८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरहरूको देशव्यापी सञ्जालहरु, सुदृढ बैंकिङ अनुभव तथा प्रविधिक साझेदारहरूसँगको सहकार्यबाट कुमारी बैंक नेपालमा डिजिटल वित्तीय रूपान्तरणको अग्रपंक्तिमा उभिएको र यस पहलले साना तथा मझौला उद्यमीहरुको कर्जा पहुँचमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वासका साथ बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्