काठमाडौँ । पोखरा महानगरपालिकास्थित बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतःस्फूर्त रूपमा हटाउन थालेका छन् । महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको १५ दिने सूचनाको समयसीमा यही २४ गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफैँ हटाउन सुरु गरेका हुन् ।
व्यवस्थित बसपार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर-टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् ।
विगतमा १ लाख ५० हजार रुपैयाँमा लालपुर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बसपार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन् ।
महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बसपार्क निर्माण कार्यलाई अगाडि बढाउन स्थानीयले सकारात्मक पहलकदमी लिएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्